बडिगाड गाउपालिकामा शैक्षिक सुदृढिकरणका लागि वृहत शैक्षिक सम्मेलन सम्पन्न

बाग्लुङ । बडिगाड गाउपालिकाले शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवम चुनौतिको समाधान सहित शैक्षिक सुदृढिकरण का लागि वृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

शनिबार गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा बडिगाड गाउपालिका भित्रका शैक्षिक समस्या चुनौति र समाधानको बारेमा सम्बन्धित सरोकारवालाहरुको चासो चिन्तन र योजना बनाइ शिक्षा क्षेत्रमा अब्बलता हासिल गर्ने उध्येश्यले कार्यक्रम गरिएको बडिगाड गाउपालिकाले बताएको छ

कार्यक्रमका प्रमुख अतिथि गण्डकि प्रदेश सभा सदस्य दिलमाया पौवीले सरकारी विद्यालयलाइ केहि रचनात्मक कार्य गर्ने वाध्यता रहेको अन्यथा विद्यालयको अवस्था कमजोर हुनसक्ने सम्भावना औल्याउदै नेपालका शैशिक सस्थाहरु सीपमुलक र रोजगारमुलक शिक्षा हुन नसक्दा देशको लागि आवश्यक जनशक्तिको रुपमा उत्पादन हुने विद्यार्थीहरु अन्य देशमा पलायन भएको बताउनुभयो ।

विद्यालयले सीप सङ्गसङ्गै नैतिकता र सस्कारको विकाश गर्न आवश्यक रहेको बताउदै यसको अभावमा आम किशोरकिशोरीहरु दुर्व्यशनीमा फस्ने त्रास रहेको बताउनुभयो

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत पराजुली ले बोल्दै सिकाइ ठिक हुनको लागि पाठ्यक्रम , भौतिक अवस्था र सिकाइमा पुरस्कारको व्यवस्था भएमा शैक्षिक अवस्था अब्बल हुने उहाले भनाइ व्यक्त गर्नुभयो । समावेशि समानुपातिक प्रणालीमा सबैले असबाट फाइदा लिन अनुरोध गर्नुभयो ।

सिकाइको पछाडि त्यसको विग्यान जरुरि रहेको उहाको जोड रहेको थियो । जस अनुसार प्रसस्त गाउपालिकाले अभ्यास गर्न पनि अनुरोध गर्नुभयो । सङ्गसङ्गै सस्कार को विषय अबको आवश्यकता रहेको उहाले दाबि समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष गण्डकि थापा अधिकारी ले बडिगाडको निति तथा कार्यक्रम अनुसार वृहत शैक्षिक सम्मेलन कार्यक्रम आयोजना गरिएको र यसबाट गाउपालिकाको शैक्षिक भविश्य सुनौलो हुने अपेक्षा गर्दै उपस्स्थित सम्पुर्ण बौद्दिक व्याक्तित्वबाट सुझाव, सल्लाह र ठोस योजनाहरु उपलब्ध गराउन आग्रह गर्दै विद्यालय मर्च तथा दरवन्दि मिलानका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

उहाले शिक्षक सेवा आयोगका निशुल्क कक्षाहरु सन्चालन गर्न लागेको पनि उहाले जानकारी दिनुभएको थियो ।

वृहत राष्टृय शैक्षिक अभियानका सम्योजक अभिषेक घिमिरेले बोल्दै कुनैपनि देशको भविष्य अधोगति तर्फ लैजानको लागि शिक्षा र स्वास्थ्यमा विकृत बनाए पुग्छ , त्यसैले देशलाइ समृद्द बनाउन व्यवहारिक शिक्षा आवश्यक पर्ने प्रस्तुति दिनुभएको थियो ।

शैक्षिक क्षेत्रमा देखिएको वर्तमान स्थिति, समस्या र समस्याका समाधानको उपायहरुको बारेमा उत्प्रेरणा जगाउने मन्तव्य सहित प्रस्तुति दिनुभएको थियो

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै ऐतिहासिक काम र नविन कामको सुरुवात गरि शैक्षिक सम्मेलनको आयोजना गरेको प्रति शैक्षिक सुधारको अपेक्षा गर्नुभएको थियो ।

गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले बोल्दै बडिगाडाडले सुरु गरेको शैक्षिक सुधारको सफलताको शुभकामना व्यक्त गर्दै भुगोल, सामाजिक, सास्कृतिक अवस्थाको ख्याल गर्दै समयानुकुल शिक्षाको योजना बनाउन सुझाव व्यक्त गर्नुभएको थियो ।

सम्मेलनको क्रममा विभिन्न क्षेत्रका विग्यले आफ्ना भनाइ र सुझावहरु प्रस्तुत गरेका थिए ।

सन्चालक बडिगाड गाउपालिका शिक्षा शाखा अधिकृत पुर्ण घर्ति ले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाइ गाउपालिका उपाध्यक्ष भीमसेन वनले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय