जनज्योति प्राथमिक विद्यालय मुसिकोट ७ वामी सेराको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

जनज्योति प्रा बि मुनपा ७ वामी सेराको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आइतबार बिद्यालयमा भएको २०७९ सालको वार्षिक परिक्षाफल प्रकाशनमा कक्षा १ कि प्रतिमा उपाध्याय विद्यालय प्रथम, कक्षा २ कि रुपा नेपाली द्वितिय र कक्षा १ का मनिश कुमाल तृतिय भएका छन।

 

 

त्यस्तै वालाविकाशामा एरिका खराल कक्षा प्रथम,कक्षा १ मा प्रतिमा उपाध्याय कक्षा प्रथम,कक्षा २ मा रुपा नेपाली,कक्षा ३ मा प्रविन कुमाल,कक्षा ४ मा जनक कुमाल र कक्षा ५ मा संजु थापा कक्षा प्रथम भएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष लक्ष्मण काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षक पुर्णकला ढकाल खरालले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महेन्द्र आदर्श नमुना माबिकि शिक्षक शिला खराल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोबिन्द कुमाल, जनजागरण प्राबिकि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमला खराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै गाउका विद्यालयमा विद्यार्थी संख्या घट्दै जानुले भविष्यमा साना विद्यालयलाई जोखिम बढेको भन्दै सबैले आफ्ना ठाउबाट थप सक्रियता बढाउनुपर्ने भन्दै विद्यालयलाई फरक रणनीति बनाएर जानसमेत सुझाव दिनुभएको थियो।

विद्यालयको समग्र गतिबिधिको जानकारी गराउदै विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारीले विद्यालयलाई सफल बनाउन सबैले यथासक्य सहयोग गर्न आग्रह गर्नुभएको थियो। विद्यालयको सेवाक्षेत्र भित्रका सबैको रोजाइको विद्यालय बनाउन सबैको सहयोग आवश्यक रहेको उहाको भ्जनाइ रहेको थियो भने कार्यक्रमको सन्चालन शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कारले सम्मान गरिएको थियोे । त्यस्तै शैक्षिकसत्र २०७९ को नतिजाबाट उत्कृष्ट हुने र अनुशासन र सरसफाइ विधामा समेत उत्कृष्ट हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीका पुरस्कारले सम्मान गरिएको थियोे । बिद्यालयले बैशाख ३ गतेदेखि भर्ना अभियान गर्ने पनि निर्णय गरेको छ। ।

कार्यक्रममा शिक्षक संगीता खराल,सरस्वति चालिसे,पवित्रा सापकोटा, सहयोगी गोमा खरालले व्यवस्थापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय