गंगा प्राथमिक विद्यालयको बाषिर्कोत्सव तथा अभिभावक दिवस एवम् नतिजा प्रकाशन सम्पन्न

गुल्मी २७ चैत्र- गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर स्थित गंगा प्राथमिक विद्यालयको ३४ औ बाषिर्कोत्सव तथा अभिभावक दिवस एवम् नतिजा प्रकाशन समारोह आइतवार सम्पन्न भएको छ ।

सोही अवसरमा विद्यालयको ३४ औ बाषिर्कोत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र केसीले विद्यालयको सबै पक्षको वृद्वि विकास र सहयोगका लागि आफु लागि परिरहने भन्दै अव विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

No description available.

 

पुर्व वडा सदस्य नर बहादुर खत्री,विद्यालयका संस्थापक प्रधानाध्यापक ओम बहादुर खत्री,विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाण्डे, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साथै ३४ औ बाषिर्कोत्सव तथा अभिभावक दिवस एवम् नतिजा प्रकाशन अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक ओम बहादुर खत्री,विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाण्डे,विद्यालयका चन्दादाता यम बहादुर खत्री,चन्दादाता कर्ण बहादुर कार्की, विद्यालयकी शिक्षक विना केसी लगायतलाई फुलमालाले सम्मान गरिएको थियो ।

No description available.

 

त्यस्तै मुसिकोट नगरपालिका २ का वडा अध्यक्ष रवीन्द्र केसी,पुर्व वडा सदस्य नर बहादुर खत्री,ग्लोबल आईमएई वामी शाखाका प्रबन्धक बिष्णु कुँवर,जिटीभि नेपालका पत्रकार सुरज नेपालीलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

सोही बाषिर्कोत्सव तथा अभिभावक दिवस एवम् नतिजा प्रकाशन अवसरमा वडा सदस्य देव बहादुर रायमाझी ,चन्दादाता जगत बहादुर अधिका,चन्दादाता कृष्ण बहादुर कार्की,चन्दादाता टोपलाल काफ्ले,चन्दादाता हरि बहादुर खत्री,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली,झरूवा बाल विकास केन्द्रका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुला राना,शिक्षक अभिभावक संघ अध्यक्ष खिम बहादुर राना,भुतपुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु बहादुर खत्री, भुतपुर्व शिक्षक ओम बहादुर खत्री,लगायत पुर्व प्रधानाध्यापक,शिक्षक,चन्दादाता,अक्षयकोषदाता,समाजसेवी,विद्यार्थी, शिक्षक,अभिभावक विव्यसका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

No description available.

बाषिर्कोत्सवको अवसरमा विद्यार्थीहरूको सदनात्मक तातो आलु,चम्चा दौड,चकलेट दौड,लुठोतान प्रतियोगिता तथा सास्कृतिक प्रस्तुती लगायतका कार्यक्रम सञ्चालन गरिएको थियोे ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कारले सम्मान गरिएको थियोे । त्यस्तै शैक्षिकसत्र २०७९ को नतिजाबाट उत्कृष्ट हुने र अनुशासन र सरसफाइ विधामा समेत उत्कृष्ट हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीका पुरस्कारले सम्मान गरिएको थियोे ।

बाषिर्कोत्सव कार्यक्रम गंगा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता तथा विद्यालयका शिक्षक पार्वती खरालको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले गर्नुभएको थियो ।

विद्यालय स्थापना भएको ३४ बर्ष पछि पहिलो पटक विद्यालयमा बाषिर्कोत्सव गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय