मालिका इङ्लिश बोर्डिङ स्कुलले गर्यो शैक्षिक सत्र २०७९ को बार्षिक परिक्षाफल प्रकाशन

मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको मालिका ईङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०७९ को बार्षिक परिक्षाफल प्रकाशन गरेको छ ।

शुक्रबार बोर्डिङ्का संस्थापक सदस्य गोबिन्द सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमले शैक्षिक सत्र २०७९ को बार्षिक परिक्षाफल प्रकाशन गरेको प्रिन्सिपल पुस्तकलाल श्रेष्ठ जानकारि दिनुभयो ।

बोर्डिङ्को बार्षिक परिक्षाफलमा कक्ष १ कि सान्वी सापकोटा विद्यालय प्रथम, कक्षा ३ कि साधना घर्ति द्वितीय र कक्षा २ कि करिस्मा राना तृतिय भएका छन् ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरिहर सापकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै मालिका ईङ्लिस बोर्डिङ स्कुलले शिक्षा क्षेत्रमा निजि क्षेत्रबाट पनि योगदान पुराएको भन्दै सस्थागत विद्यालयहरुले एकता गरि शैक्षिक गुणस्तर उकास्ने कार्य आजको आवश्यकता भएको उहाले उल्लेख गर्नुभएको थियो।

विद्यालयका शिक्षक डिलाराम घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम ,पुरस्कार विवतरण ,र आमन्त्रित अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो।

कार्यक्रममा वडा सदस्य लक्ष्मण प्रसाद खराल, रुद्रावति बहुमुखि क्याम्पस निमित्त क्यामपस प्रमुख कृष्ण प्र सापकोटा,महेन्द्र आदर्श नमुना माबिका प्रधानाध्यापक देबिराम शर्मा, बिद्यालयका संचालक समिति सदस्य सुन्दर प्रधान , बोर्डिङका प्रबन्ध निर्देशक मोहनलाल श्रेष्ठ,पुर्व बिद्यार्थी एवं गङ्गा प्राविका प्रधानाध्यापक कौरव खत्री लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक मेघ प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय