सिवाइसि नेपाल खैरेनीद्वारा केन्द्र प्रमुख,उप प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

दिलु केसी – सिवाइसि नेपाल लघुवित्त वित्तिय सस्था खैरेनी शाखाद्वारा केन्द्र प्रमुख,उप प्रमुख,गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

सत्यवती गाउपालिकाको खैरेनीमा भएको कार्यक्रममा पछिल्लो समय लघुवित्तबाट ऋण लिएर सहि सदुपयोग नगरी बिभिन्न समस्या आइरहेको समयमा सस्थाका केन्द्र प्रमुख उपप्रमुखहरू तथा समुहमा आवद्द महिलाहरुलाई वित्तिय शाक्षरता सम्बन्धि तालिम दिएको सिवाइसेले बताएको छ।

शुक्रबार खैरेनीमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता,उत्कृष्ट बाल बचतकर्ता,उद्दमी सदस्य सम्मान,असल ऋणी,उत्कृष्ट केन्द्र प्रमुख,अनुशाशित तथा गोल्डेन केन्द्र प्रमुख लगायतलाई सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

सत्यवती गाउपालिका उपप्रमुख निरमाया तरामुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्ष,समाजसेवी विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपप्रमुख तरामुले बोल्दै लघुवित्तले गरेको लगानीलाई समुहका सदस्यहरुले उत्पादनशिल क्षेत्रमा लगाउन आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो। सोहि प्रसंगमा बोल्दै सस्थाका प्रबन्ध संचालक डोलेन्द्र प्रसाद शर्माले ग्रामिण क्षेत्रका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न आग्रह गर्दै लघुवित्तसम्बन्धि फ़ैलाइएका अफवाहलाइ कुनै प्रवाह नगर्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा लघुवित्तसम्बंधी देखिएका समस्या र आएका गुनासाप्रति अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रममा झन्डै ४०० जनाको सहभागिता रहेको थियो,शाखा प्रमुख दिलमाया थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा सस्थाका प्रबन्ध संचालक डोलेन्द्र प्रसाद शर्माको अध्यक्ष्यता रहेको कार्यक्रमको संचालन गणेश तिवारीले गर्नुभएको थियो ।

कार्यक्रममा कविता वाचन,गित तथा नृत्य प्रस्तुत गरिएको थियो त्यस्तै गतवर्ष स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय