मुसिकोटमा प्रथम हनुमान जयन्ति भव्यताकासाथ सम्पन्न

विष्णुप्रसाद आचार्य “चकित”- गुल्मीको मुसिकोटमा प्रथम हनुमान जयन्ति भव्यताका साथ् सम्पन्न भएको छ। गतवर्ष मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी स्मार्टपार्कमा स्थापना तथा अनावरण भएको हनुमानको मुर्तिको यस वर्ष हनुमान जयन्तिको अवसर पारेर उत्सव तथा जयन्ति मनाइएको हनुमान जयन्ति प्रचारप्रसार समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो।

सामाजिक तथा सार्वजनिक रुपमा जयन्ति मनाइएपनि मुर्ति स्थापना भने व्याक्तिगत लगानीमा गरिएको हो। गुल्मीको मुसिकोट नगरपालिका स्थित वामीमा जन्मनुभएका कृष्णप्रसाद सापकोटा ९किसन० र सुदिप सापकोटाले मुर्ति स्थापना गर्नुभएको हो।

वामी सेवा समिति जापानका अध्यक्षसमेत रहेका कृष्णप्रसाद सापकोटाले र उहाको परिवारले आफ्नो स्वर्गीय वुवा हरिलाल सापकोटा र स्वर्गीय आमा बुद्दकला सापकोटाको स्मृतिमा मुर्ति स्थापना गरेको समितिले जनाएको छ।


जयन्तिको अवसरमा बिहिबार बिहानैदेखि भक्तजनहरुको घुइचो रहेको थियो , हनुमान जयन्ति यस क्षेत्रकै पहिलो भएकोले पनि सबैद्वारा यसलाई विशेष महत्वको रुपमा हेरिएको थियो यसका बाबजुद कार्यक्रम भव्य बन्न सफल भयो।

कार्यक्रम सफल पार्नको लागि समयमै समिति निर्माण गरेर प्रचारप्रसारसंगै विभिन्न उपसमिति समेत निर्माण गरिएको समितिका सचिव सन्दिप खत्रीले बताउनुभयो।

कार्यक्रम सफल बनाउन रामकृष्ण कडेंलको अध्यक्षतामा ७ सदस्यीय मूल समारोह समिति निर्माण गरिएको थियो जसको उपाध्यक्षमा विष्णु सापकोटा भोजराज, सचिवमा सन्दिप खत्री र सदस्यहरुमा लक्ष्मी सापकोटा, डिलाराम खरेल, राजन सापकोटा र तिलाराम सापकोटा रहनुभएको समिति बनेको थियो ।

त्यस्तै विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको थियो जसमध्ये डिलाराम खरेलको अध्यक्षतामा पुजा व्यवस्थापन समिति, लक्ष्मण फुल्लेलको सयोंजकत्वमा प्रचार प्रसार उपसमिति, लक्ष्मी सापकोटाको सयोंजकत्वमा अतिथि सत्कार उपसमिति, विष्णु सापकोटाको सयोंजकत्वमा स्वयंसेवक उपसमिति, पुतली सापकोटाको सयोंजकत्वमा दुना टपरी तथा पुजा सामाग्री व्यवस्थापन उपसमिति र तारा प्रसाद कडेंलको सयोंजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति निर्माण गरिएको थियो ।

मूल समिति अध्यक्ष रामकृष्ण कडेंलले प्रत्येक वर्ष हनुमान जयन्तीको अवसरमा विशेष धार्मिक कार्यक्रम गर्ने र हनुमान जयन्ती मनाउने, संस्था दर्ता गर्ने, पाक्षिक र मासिक रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

गत वर्ष वामी सेवा समितिका अध्यक्ष एवम् समाजसेवी कृष्ण प्रसाद सापकोटाले व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको हनुमान प्रतिमालाई विशेष रुपमा प्रचार प्रसार गर्ने गरी काम भईरहेको उहाँको भनाई छ ।

समाजसेवी कृष्ण सापकोटाले मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएको छ । उहाँले यसभन्दा अगाडी वामीकोट प्रवेशद्धार र महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको प्रवेशद्धार समेत व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका पुर्व नगर प्रमुख सोमनाथ सापकोटाले बोल्दै आफुलाई स्थानिय सरकारको नेतृत्वमा पुराएको भन्दै मुसीकोटवासीलाई आभार व्यक्त गर्दै हनुमानको मुर्ति यस ठाउमा स्थापना हुनु गौरवको विषय भएकोले कार्यक्रमलाइ सफल र ऐतिहासिक बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो साथै उहाले यस कार्यको लागि मुर्ति स्थापना गर्ने परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले सामाजिक रुपमा व्याक्तिगत लगानी गरेर अनुकरणीय काम गरेकोप्रति सामाजिक व्याक्तित्व कृष्णप्रसाद सापकोटाको परिवारलाइ छुट्टै सम्मान गर्न नसकेपनि यहि कार्यक्रमबाट आफुले सम्मान व्यक्त गरेको उद्घोष गर्नुभएको थियो। हनुमान जयन्तिको अवसरमा सबैलाइ हनुमानले जस्तै जिम्मेवारी पुरा गर्ने प्रेरणा पैदा होस् भन्दै शुभकामना समेत दिनुभएको थियो।

जयन्तिको अवसरमा हनुमानको मुर्तिको विधिपूर्वक सरसफाई गरि पुजाआजाका साथ धर्म सस्कृतिका व्याख्याकार पण्डित श्री शुकदेव अधिकारीको विशेष उपस्थितिमा राष्ट्रियस्तरका भजनगायक सुरज भण्डारी सहितका कलाकारद्वारा लोकभजन महोत्सव जस अन्तरगत भजन किर्तन, पूजापाठ,तथा धार्मिक अनुष्ठानका कार्यहरु समापन गरिएको छ।

कार्यक्रममा राष्ट्रिय मोडल तथा कलाकार ओबी रायमाझीको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख गंगा श्रेष्ठ,वडाध्यक्षहरु , जनप्रतिनिधिहरु ,सामाजिक व्याक्तित्वरु,भक्तजनहरुको ऊपस्थिति रहेको थियो।

समितिका अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष्य भोजराज सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सन्दिप खत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय