ऐतिहासिक मुसिकोट दरबारको पुजा व्यवस्थापन समिति गठन

विष्णुप्रसाद आचार्य,चकित- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका २ स्थित मुसिकोट दरबारको पुजा व्यवस्थापन समिति गठन भएको छ। शनिबार दरबारमा भएको मुसिकोट नगरपालिका वडा नम्बर २,३,र ४ वडाका वडावासीको भेलाले नया पुजा व्यवस्थापन समिति अर्थात नया नेतृत्व सर्वसम्मत चयन गरेको छ।

 

मुसिकोट नगरपालिकासंगै गुल्मी जिल्ला र नेपालकै बाइसे राज्य अन्तरगतको चर्चित तथा ऐतिहासिक दरबारको रुपमा रहेको उक्त मन्दिरको समिति कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएका मुसिकोट ३ बडागाउका पदम सिंह ठकुरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ।

जसको उपाध्यक्षमा मुसिकोट ४ बडागाउका याम ब खत्री,सचिवमा मुसिकोट ३ बडागाउका हरि प्रसाद घिमिरे,कोषाध्यक्षमा मुसिकोट २ का अर्जुन सिंह ठकुरी लगायत रहनुभएको छ।

तत्काललाई १५ सदस्यीय समिति गठन भएपनि समितिको विधान संशोधन गरेर १७ सदस्यीय बनाइने र विधानमा नरहेको सल्लाहकार समितिलाई संशोधन गरेर बैधानिक बनाइने समितिका सचिव हरि प्रसाद घिमिरेले जानकारी दिनुभयो। अहिले समितिको कार्यकाल ५ वर्षको रहेको र यसलाई घटाउने विषयमा पनि छलफल समेत चलेको घिमिरेले बताउनुभयो।

समितिका पदेन सदस्यमा वडाध्यक्षहरु रहने व्यवस्था भएवमोजिम मुसिकोट २ का वडाध्यक्ष रबिन्द्र केसी,३ का वडाध्यक्ष शंकर रायमाझी र ४ का वडाध्यक्ष जुक्त छन्तेल रहनुभएको छ भने १२ सदस्यीय सल्लाहकार समितिको संयोजकमा मुसिकोट २ का इश्वरी प्रसाद आचार्य र मुसिकोट ३ का नारिनारायण घिमिरे उपसंयोजकमा चयन हुनुभएको छ।

ऐतिहासिक मुसिकोट दरबारको समितिमार्फत काम २००५ सालदेखि हुन थालेको भएपनि विधान दर्ता २०६० सालमा भएको सचिव घिमिरेले बताउनुभयो। अहिलेसम्म समितिका अध्यक्षहरूमा २००५ मा कर्ण बहादुर थापा क्षेत्री,२०४१ सालदेखि रण बहादुर सिंह ठकुरी र त्यसपछि बिष्णु बहादुर सिंह ठकुरीले कार्यवाहक अध्यक्षको रुपमा काम गर्नुभएको घिमिरेको भनाइ छ।

त्यस्तै विधान दर्ता भएपछि २०६० सालमा इन्द्रध्वज खत्री र त्यसपछि अहिलेसम्म पदम सिंह ठकुरीले कार्यवाहक अध्यक्षको भूमिकामा काम गर्नुभएको बताइएको छ। मन्दिरमा अहिले विजयादशमीमा घटस्थापनादेखी विजयादशमीको दिनसम्म १० दिनसम्म झन्डै ११ जनाले दैनिक चलनचल्तीका रितिपुर्वक काम गर्ने गरिन्छ।

मन्दिरमा चैत्राष्टमीमा १ दिन,वैशाखको वशन्त पुजामा १ दिन,साउनमा लुतो फाल्ने दिनमा १ दिन,र नागपंचमिमा १ दिन नाग टासेर धार्मिक कामहरु गरिदै आएको बताइएको छ।

मन्दिरको महत्व बढाउन र ऐतिहासिक,धार्मिक, सास्कृतिक महत्वको पर्यायको रुपमा यसलाई विकास गर्ने गरि आफु अगाडी बढेको वडाध्यक्ष रबिन्द्र केसीले बताउनुभयो,यहि मन्दिरको नामबाट मुसिकोट नगरपालिकाको नामाकरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय