भोलिसम्म सरकारले पूर्णता पाउने नेकपा एसका उपमहासचिव खतिवडाको विश्वास

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव जगन्नाथ खतिवडाले भागवण्डा मिलाउने काम समस्याकै विषय भएको बताउनुभएको छ ।

सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । तर यहि ६ गते दोस्रोपटक सोमबार विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ गते नै सरकार विस्तार गर्ने भनिए पनि सहमती नजुट्दा लम्बिएको छ ।

उपमहासचिव खतिवडाले भोलिसम्म सहमती टुंगिने र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

१० गतेभित्रमा सरकार विस्तार गर्ने तयारी अनुसार भोलिसम्म टुंगीने आसा र अनुमान खतिवडाको रहेको छ । गठबन्धनमा रहेका सबै दललाई समेट्नुपर्ने भएकाले पनि केहि ढिलाइ भएको उहाँको प्रस्टोक्ती छ ।

अहिलेको गठबन्धन पाँच वर्ष टिकाउने खालकोे परिपक्व बनाउने कोशिस भइरहेको नेता खतिवडाको भनाइ छ । देशको समग्रतामा महत्वपूर्ण भूमिका खेल्न सक्ने र औचित्यलाई हेरेर पनि नेकपा एसले अर्थ र गृह मन्त्रालय माग गरेको खतिवडाले बताउनुभयो ।

आगामी साताभित्र प्रचण्ड नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एसका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफल गरेर संघ र प्रदेश सरकार विस्तार र पुनर्गठन गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय