जन्मदिनको अवसरमा समाजसेवी थापाद्धारा दुर्घटना परी थलिएका खड्कालाई सहयोग

सागर भण्डारी/,गुल्मी । नेपालका विभिन्न ठाउँमा रहेका विपन्न एवम् असहाय नागरिकहरुलाई निरन्तर सहयोग गर्दै आउनुभएका समाजसेवी लिल बहादुर थापाले आफ्नो जन्मदिनको अवसर पारेर गुल्मीका एक शारिरिक रुपमा अशक्त व्यक्तिलाई सहयोग गर्नुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका थापाले गुल्मीको ईस्मा गाउँपालिका वडा नं ४ का मोहन खड्कालाई खाद्यान्न र नगद सहित ४० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहयोगी समाजसेवी लिल बहादुर थापा रोजगारको शिलशिलामा नेपालगन्ज बस्दै आएका मोहन आफ्नो कार्यालय देखि कोठामा जाने क्रममा बाईक दुर्घटनामा परि घाइते भएका थिए । लामो समयसम्म अस्पतालमा उपचार गरेपनि उनको स्वास्थ्य पूणर् रुपमा सुधार भने भएन । हाल उनी विस्तारामै थलिएका छन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेका खड्काको परिवारलाई समाजसेवी थापाले उक्त सहयोग गर्नुभएको हो ।

सहयोग सामाग्री ग्रहण गर्दै पीडित खड्काले आफ्नो अवस्थाको बारेमा जिटिभि नेपालबाट प्रशारित सामाग्री हेरेपछि सहयोग गरेको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । उक्त सहयोग सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले खड्काको परिवारमै गएर हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय