सिटी होटललको आईपीओ आउदै !

काठमााडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेल) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय