ददल्का माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

गुल्मी- ददल्का माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ९, गुल्मीमा सोमबार अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ समिति गठन भएको छ ।

भेलामा विद्यालयका अभिभावक,चन्दादाता,जग्गादाता,समाजसेवि,शिक्षाप्रेमि,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।भेलाबाट उमाकान्त खरेल अध्यक्ष,सदस्यमा चुन ब.खत्री,डण्ड ब. वि.क.,निर्मला खत्री,अन्जु परियार,बोम व.खत्री,कल्पना खरेल,नारायण खरेल सहितको १० सदस्यिय विद्यालय व्यवस्थापन समिति र युवा टिकाराम खरेल सहितको ९ सदस्यिय शिक्षक अभिभावक संघ समिति सर्वसहमतिमा गठन भएको छ।

भेलामा विद्यालयका प्र.अ.बुद्धिमणि खरेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा मुसिकोट न.पा. ९ का वडाध्यक्ष एवम् विशेष अतिथि भुमा गुरुङले शुभकामना सहित विद्यालयको शैक्षिक विकासका लागि वडाको साथ सधै रहने धारणा राख्नुभएको थियो।

सोहि कार्यक्रमा अभिभावकबाट महत्वपूर्ण सुझाव राख्नु भएको थियो। नि.वर्तमान अध्यक्ष गंगाराम खरेलको अध्यक्षतामा सम्पन्न भएको भेलाको संचालन कालिदास खरेलले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय