स्ववियु निर्वाचन : रुद्रावती बहुमुखी क्याम्पसमा मनोनयन दर्ता
सागर भण्डारी, गुल्मी । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आगामी चैत ५ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका ७ वामी गुल्मीमा विभिन्न विद्यार्थी सगंठनहरुले मनोनय दर्ता गरिएको छ ।

स्ववियु निर्वाचनका लागि बिहान ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याइएको थियो । जसअन्तर्गत नेपाली काँग्रेस निकट विद्यार्थी सगंठन नेपाल विद्यार्थी सघं र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी युनियन अखिल छैठौको लोकतान्त्रिक प्रगतीशील गठबन्धन तथा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियु ( क्रान्तिकारी ) अखिलको बामपन्थी गठबन्धनको तर्फबाट मनोनयन दर्ता भएको छ ।

लोकतान्त्रिक प्रगतिशिल गठबन्धनको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी सघंका भुवन काफ्लेको मनोनयन दर्ता भएको छ । त्यस्तै सचिवमा अखिल छैठौँका कणर् बहादुर सार्की, कोषाध्यक्षमा नेपाल विद्यार्थी सघंकी गिता गैरे र सदस्यहरुमा नेपाल विद्यार्थी सघंका जीवन दर्लामी तथा अखिल छैठौँका सुष्मा सलामी र रनमाया सलामीको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति सयोंजक हेमन्त घिमिरेले जानकारी दिनुभयो ।

यता जिल्लाको निणर्य बमोजिम बनेको वामपन्थी विद्यार्थीहरूको गठबन्धनबाट सभापतिमा अनेरास्ववियुका अनिष पाठक, सचिवमा अखिल क्रान्तिकारीका दिप्सन छिनाल र कोषाध्यक्षमा अनेरास्ववियूकै तर्फबाट अनुराधा सापकोटाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका चाहना घिमिरे, राहुल शाक्य र शोभा रानाको मनोनयन दर्ता भएको छ ।

त्रिवीमा १४ वर्षपछि हुन लागेको स्ववियूको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली अपनाईएको छ । मनोनयन दर्ता भएसँगै प्रत्यक्ष तर्फ उम्मेदवारको प्रारम्भिक नामावली आजै सार्वजनिक गरिएको छ ।

रुद्रावती बहुमुखी क्याम्पसमा १ सय ८० जना मतदाता रहेका छन् । भोली उम्मेदवारको नामावलीमाथि दावी-विरोध गर्ने कार्यतालिका छ । त्यस्तै, पर्सी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी प्रचारप्रसारको बाटो खुल्नेछ । आगामी बिहीबार राती १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने जनाइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय