मुसिकोटमा नगरस्तरीय राहत शिक्षक कार्यसमिति गठन

वामी । मुसिकोट नगरपालिकामा नगरस्तरीय राहत शिक्षक कार्यसमिति गठन भएको छ ।

शनिबार महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय वामी टक्सारमा बसेको राहत शिक्षकहरुको भेलाले १३ सदस्यीय नया कार्य समिति चयन गरेको हो ।

जसको अध्यक्षमा ददल्का माविका प्रधानाध्यापक समेत रहनुभएका बुद्दिमणि खरेल, उपाध्यक्ष महेन्द्र आदर्श नमुना माविकि सम्झना कंडेल , अर्का उपाध्यक्ष गणेश पन्थी, सचिव होमनाथ खरेल, सह सचिव सरस्वति खासु पुन मगर, कोषाध्यक्ष कल्पना खराल चयन हुनु भएको छ ।

यस्तै सदस्यमा राम बहादुर कार्की,कृष्ण प्रसाद घिमिरे,खिमानन्द चालिसे,लेखनाथ कंडेल,उषा गौतम,हिमाल गौतम,पुरन बगाले लगायत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय