गुल्मीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकालाई

गुल्मी- गुल्मीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले हात पारेको छ । गत बिहिबारदेखि आइतबारसम्म संचालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण पदक सहित उपाधि मुसिकोटको हातमा परेको हो । मुसिकोटले १६ रजत र १२ कास्य पदक जितेको छ ।

त्यस्तै जिल्लाको इस्मा गाउँपालिकाले ९ स्वर्ण, चार रजत र तिन कास्य पदक जितेको छ । मदाने गाउँपालिकाले तिन स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ । गुल्मीदरबार गाउँपालिकाले तिन स्वर्ण, तिन रजत र पाँच कास्य पदक जितेको छ । साथै रुरुक्षेत्र गाउँपालिकाले तिन स्वर्ण, एक रजत र तिन कास्य पदक जितेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिकाले दुई स्वर्ण, तिन रजत र नौ कास्य पदक जितेको छ ।

रेसुङ्गा नगरपालिकाले दुई स्वर्ण, चार रजत र नौ कास्य पदम जितेको छ । धुर्कोट गाउँपालिकाले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ । छत्रकोट गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र तिन कास्य पदक जितेको छ ।

सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको छ । सत्यवती कास्य पदक बिहिन बनेको छ । कालीगण्डकी गाउँपालिकाले एक स्वर्ण र दुई रजत पदक जितेको छ । कालीगण्डकी कास्य पदक बिहिन बनेको छ ।

जिल्लाको मालिका गाउँपालिका स्वर्ण पदक बिहिन बनेको छ । मालिकाले कुनै पनि खेलमा प्रथम स्थान हासिल गर्न सकेन । मालिकाले दुई रजत र तिन कास्य पदक जितेको छ ।

जिल्लाका १२ पालिकाबाट एक हजार तिन सय ६० खेलाडीहरुले प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बिकले जानकारी दिनुभयो । उहाँका अनुसार ७६ खेलाडी प्रदेशमा पठाउन छनोट गरिएको छ । गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छन् । भलिबल, कब्डी, लंगजम्प, तेक्वान्दो, कराते र ऊसु खेलमा खेलाडी छनौट गरिएको छ । स्थानीय तहले छनौट गरेर ल्याएका खेलाडीलाई जिल्लामा छनौट गरिएको हो । छनौट भएका खेलाडी प्रदेशमा प्रतिस्पर्धा गर्नेछन् ।

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र कास्य पदक जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले प्रदेश र संघमा पनि विजय हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । गुल्मी जिल्लाको पहिचान हुने गरी खेल प्रर्दशन गर्न आग्रह समेत गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले खेलकुद गतिविधिलाई सम्पन्न गर्न सहयोग गर्ने संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। (प्रतिक खबर )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय