कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस् – गुल्मी । होटल ब्यबसायी मञ्च मुसिकोट नगर कार्यसमितिको पाँचौँ साधारण सभा तथा दोस्रो नगर अधिबेसन सम्पन्न भएको छ ।

शनिबार मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सार स्थित होटल दरबार एण्ड पार्टि प्यालेसमा सम्पन्न होटल ब्यबसायी मञ्च मुसिकोट नगर कार्यसमितिको पाँचौँ साधारण सभा तथा दोस्रो नगर अधिबेसनले मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीमा रहेको मदुस क्याफे कलकका ब्यबस्थापक बिबेक काफ्लेको अध्यक्षतमा १३ सदस्य नयाँ नगर कार्य समितिको निर्बाचित गरेको निर्वचन संयोजक बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

काफ्लेको अध्यक्षमा निर्बाचित नगर कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र सापकोटा र छबिलाल खरेल सचिवमा अनुप पाण्डे, सहसचिबमा मिलन श्रेषठ कोषाध्यक्षमा असोक सापकोटा सहित १३ सदस्य रहनुभएको छ ।

कार्यक्रममा बोल्दे होटल ब्यबसायी मञ्च गुल्मीका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अथिति जंग बहादुर कुवंरले होटल ब्यबसायिहरु प्रति बिभिन्न क्षेत्रबाट आई परेका समस्या समधान र सरकारलाई कर तिर्ने तर आफुहरुले सरकारबाट केहि सेवा सुबिधा नपाउने गरेकाले आफ्ना हक अधिकार निम्ति लड्न यस संस्थाको गठन गरिएको बताउदै सबै होटल ब्यबसायिलाई मञ्चको सदस्यता लिई एकजुट भएर अघि बढ्न अनुरोध गर्नूभएको थियो ।

सोहि कार्यक्रमा नेकपा माओबादि केन्द्र मुसिकोटका नगर अध्यक्ष युबराज खरेल, ब्यबसायी रामहरि सापकोटा, पुर्ब श्रोत ब्याक्ति बौद्यिक ब्याक्ति टंकनाथ भण्डारी, ग्लोबल आइएमई बैंक वामी शाखाका प्रबन्धक बिष्णु कुवँर, होटल ब्यबसायी मञ्च गुल्मीका कोषाध्यक्ष टिकाराम भण्डाररी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा लियो क्लव अफ गुल्मी सालिमेका कालाकारहरुले बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए भने यसै कार्यक्रमा होटल ब्यबसायि मञ्चलाई सहयोग गर्ने बिभिन्न ब्याक्ति एबं पुर्व समितिमा रहेर काम गरेको होटल ब्यबसायिहरुलाई सम्मान समेत गरिएको थियो ।

मञ्चका सदस्य अनुप पाण्डेको स्वागत मन्तब्यसङ्गै सुरु भएको औपचारिक कार्यक्रममा मञ्चका अध्यक्ष फुलप्रसाद सापकोटाको अध्यक्षता र सचिब बिबेक काफ्लेको सञ्चाल रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय