काठमाडौं – माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छ ।
सोही प्रयोजनको लागि कम्पनीले धितोपत्र बोर्ड निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन ३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकाको वडा नम्बर १ मा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।