नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट २ देउरालीको वाषिर्कोत्सव सम्पन्न

कौरव खत्री,गुल्मी – गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट देउराली स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको ६६ औ बाषिर्कोत्सव सम्पन्न  गरिएको छ ।

विद्यालयको ६६ औ बाषिर्कोत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा न.२ का वडाअध्यक्ष रबिन्द्र केसीले विद्यालयसम्मको गोरेटो बाटो र विद्यालयमा फर्निचर व्यवस्थापनको काम अगाडि बढिरहेको भन्दै विद्यालयको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने  धारणा राख्नुभएको थियो ।

साथै सोही अवसरमा विद्यालयका पुर्व प्रधानाध्यापक तेज बहादुर महत, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद आचार्य,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बाषिर्कोत्सवको अवसरमा  विद्यालयका पुर्व प्रधानाध्यापक तेज बहादुर महत, पुर्व शिक्षकहरू कौरव बहादुर खत्री,पार्वती खराल,बिष्णु प्रसाद आचार्य,सन्तोषी सापकोटा,चन्द्र बिक, रामप्रसाद आचार्य,बिष्णु बहादुर राना,महेन्द्र घिमिरे,शिवकला पाण्डे,पुर्व विद्यालय कर्मचारी ओम बहादुर खत्री ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद आचार्य,पुर्व वडा सदस्य नर बहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

बाषिर्कोत्सवका अवसरमा वडा सदस्य देव बहादुर रायमाझी ,वडा सदस्य  राम बहादुर महत,राधिका घिमिरे,पुर्व वडा सदस्य नर बहादुर खत्री लगायत पुर्व प्रधानाध्यापक,शिक्षक,चन्दादाता,समाजसेवी,विद्यार्थी ,शिक्षक,अभिभावक  लगायतको उपस्थिति रहेको थियोे ।

 साथै बाषिर्कोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बाषिर्कोत्सवको अवसरमा विद्यालयमा  विद्यार्थीहरूको  हाजिरी जवाफ प्रतियोगिता ,तातो आलु,चम्चा दौड,कुर्सी दौड,चकलेट दौड,अभिभावक जुत्ता दौड,सास्कृतिक प्रस्तुती  लगायतका कार्यक्रम सञ्चालन गरिएको  विद्यालयका शिक्षक  निर्मला केसीले जानकारी दिनुभयो  ।

बाषिर्कोत्सव कार्यक्रम नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक   विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेको अध्यक्षता तथा  विद्यालयका शिक्षक ओम बहादुर थापा मगरको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालन भने   विद्यालयका शिक्षक निर्मला केसीले गर्नु  भएको थियो ।

 गत शनिबारदेखि शुरू भएको बाषिर्कोत्सव खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित आइतबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय