मुसिकोट नगरपालिकामा जागिर खुल्यो स्थानीयलाइ पहिलो प्राथमिकता दिइने

विष्णु प्रसाद आचार्य (चकित)/गुल्मी /नबखबर

मुसिकोट नगरपालिकामा सेवा करारमा आवश्यक ७ जना कर्मचारीको लागि जागिर खुलेको छ ।

नेपाल सरकार भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाको लागि सुपरीवेक्षक पदको लागि सहायक स्तर पाँचौ सरहको १ जना र गणक सहायक स्तर चौथो सरहको ६ जना गरि ७ जनाको लागि कर्मचारी आवश्यक परेको र सोही अनुसारको विज्ञापन गरिएको नगरपालिकाले जनाएको छ ।

सुपरिवेक्षक पदको उम्मेदवार बन्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङकशास्त्र , जनसंख्या,अर्थशास्त्र वा गण्ति विषय सहित कुनै विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तिर्ण गरेको र कम्तिमा ३ महिना कम्प्युटर सम्बन्धी आधारभुत तालिम गरेको हुनुपर्नेछ भनिएको छ । त्यस्तै गणक पदको उम्मेदवार बन्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङकशास्त्र , जनसंख्या,अर्थशास्त्र ,वा गण्ति विषय सहित कुनै विषयमा कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको र कम्तिमा ३ महिना कम्प्युटर सम्बन्धी आधारभुत तालिम गरेको हुनुपर्नेछ भनिएको छ ।

उम्मेदवार बन्नको लागि पुस १४ गते मुसिकोट नगरपालिकामा आवश्यक कागजातसहित कार्यालय समयभित्र दरखास्त बुझाइसक्नुपर्नेछ भने छनोट भएको कर्मचारीले मुसिकोट नगरपालिका अन्तर्गत रहेर सम्झौता भएको मितिले ५ महिनासम्म तोकिए अनुसारको काम गर्नुपर्नेछ सुचनामा भनिएको छ ।

सुपरिवेक्षकको लागि स्थानीय तहको पाँचौ तह र गणकको लागि चौथो तह सरहको तलब तथा सेवा सुविधा तोकिएको छ भने प्रारम्भिक योग्यताको सुची प्रकाशन, कम्प्युटर सीप परिक्षण र अन्तर्वाताबाट छनौट गरि प्रारम्भिक योग्यताको सूची प्रकाशन संगै परीक्षा कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

दरखास्त दिने उम्मेदवारको दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने र स्थानीय लाइ पहिलो प्राथमिकता दिइने समेत सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय