अर्घाखाँची –वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सितगङ्गा नगरपालिका अर्घाखाँची जिल्लाकै दोस्रो स्थानीय तह बनेको छ।भुगोलका हिसाबले नेपालकै ठुलो नगरपालिका सितगङ्गा नगरपालिकामा बिकासले पनि तिब्र गतिलिईरहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गरेकोमा सितगङ्गा नगरपालिका जिल्लाको दोस्रो स्थानीय तह बन्न सफल भएको हो।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सितगङ्गा नगरपालिका ७१.१२ अंक प्राप्त गर्दै अर्घाखाँची जिल्लाको दोस्रो सितगङ्गा नगरपालिकाका बन्न पुगेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनु भयो ।
बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूंजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था, पारदर्शिता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मूख्य सूचकको मूल्याङ्कन तथा परीक्षण गरी ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको थियोे ।
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त हुने नतिजालाई वित्त आयोगले संघीय संचित कोष र प्रदेश संचित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादनको आधारमा उपलब्ध गराईने अनुदान सिफारिसको लागि उपयोग गर्दछ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा अर्घाखाँची जिल्लाका अन्य स्थानीय तहहरूमध्ये शितगङ्गा नगरपालिकाले ७१.१२ अंक प्राप्त गर्दै द्वितीय भएको हो ।
सितगङ्गा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपसचिव झबिन्द्र खनाल हाजिर भएपछि बिकासका कामहरु दुर्त गतिमा अगाडि बढेका हुन ।
सितगङ्गा नगरपालिका भौगोलिक रुपले बिकट र धेरै ठुलो भुगोल भएको कारण सोचे जति बिकास हुन नसके पनि अहिले खनालले सुशासन पार्दसिता कायम गर्दै नगरपालिकाभित्र मुस्कान सहितको छिटोछरितो सेवा सुरु गरेपछि स्थानिय जनता हर्सित छन ।
सितगङ्गा नगरपालिका मा कुनै पनि प्रमुख प्रशासकिय अधिकृत १ बर्ष सम्म सहज काम गरेको रेकर्ड समेत थिएन अहिले कर्मचारी बिच निकै राम्रो कोडिनेसन छ।
झबिन्द्र खनाल हाजिर भएपछि कर्मचारी र जनप्रतिनिधिका बिचमा पनि निकै समन्वय भएको महसुस आफुले गरेको नगरपालिका का प्रबक्ता दामोदर न्यौपानेको भनाइ छ । नगरपालिका ले विभिन्न नया योजनाहरु अगाडि बढाउदै छ ।