लाखौं रुपैयाँ खर्चेर बाख्रा फर्म सन्चालन गरि बेरोजगारीलाई रोजगारी दिदै रामु बस्याल

सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ रजिया डोहोटे निबासि युवा कृर्षक रामु बस्यालले बाख्रा पालनबाट लाखौं रुपैयाँ आम्दानि गर्ने गरेका छन ।

सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ रजियामा रहेको अमन कृषि फर्मले बाख्रा उत्पादन गरि बेरोजगार युवाहरुलाई रोजगारी दिएका छन । लगनसिल स्थानीय बासिको सुख दुखमा साथ दिदै आएका रामुले बिगत ५ बर्षदेखि विभिन्न जातका लोकल बाख्रा पाठा पालन गर्दै आएका छन ।

गाउमा सामाजिक काम सगै गाउको बिकास निर्माणमा खटिने रामुले खोर निर्माण गरि बाख्रा पालन सुरु गरेका हुन,अहिले बाख्रा पालनबाट उनी निकै सन्तुष्ट छन ।राज्यबाट प्राप्त हुने अनुदानका लागि पहल गरेको बस्यालको भनाइ छ ।

ब्यक्तिगत रुपमा लगानी गरेर खोलिएको यो फर्मबाट लोकल जातका खसी बोका बिक्रीवितरण हुने गर्छ,फर्म सन्चालन गर्दा झन्डै ५० लाख लगानि लागेको बस्यालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय