रेसुङ्गा क्याम्पस गुल्मीको ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा सम्पन्न

अनिष पन्थी,गुल्मी । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा भव्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका थिए । वार्षिकोत्सवका अवसरमा क्याम्पसको बार्षिक मुखपत्र विद्या पत्रिकाको नगरप्रमुख पन्थीले विमोचन समेत गरेका थिए।

सोही अवसरमा नगरप्रमुख पन्थीले आजका लागि आवश्यक जनशक्ति रेसुङ्गा क्याम्पसले उत्पादन गरी ठुलो योगदान गरेको बताए।
तर पछिल्लो पटकको क्याम्पसको अवस्था हेरेर आफुहरु चिन्तित भएको बताउदै आफुहरुले नगरपालिकाको अहिलेको नीति तथा कार्यक्रममा रेसुंगा क्याम्पसलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गरे ।

क्याम्पसलाई आर्थिक संकटबाट माथि उठाउनका लागि पहिलो किस्तामा ५० लाख हस्तान्तरण गरेको बताउदै नगरप्रमुख पन्थीले बाँकी ५० लाख हस्तान्तरणका लागि आफुहरु तयारी अवस्थामा रहेको उल्लेख गरे। रेसुंगा क्याम्पसलाई कदापी ढल्न नदिने दाबी समेत गरे।

सोही अवसरमा क्याम्पसका जेष्ठ सभासद इन्जिनर हिरा बहादुर भलामीलाई सम्मान गरिएको थियो । क्याम्पस प्रमुख हरि बहादुर खत्रीद्वारा बार्षिक प्रतिवेदन प्रस्तुत भएको कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृत्ती प्रदान गरिएको थियो । बार्षिकोत्वसको अवसरमा आयोजित खेलहरुको पुरस्कार वितरण गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथयता, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, तथा सुरक्षा निकायका प्रमुखहरु, निवर्तमान क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, वडाअध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख गुणानिधि शर्माले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय