गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा ३ दिन सम्म सञ्चालित रास्ट्रपति रनिङ्ग शिल्डकाे १० स्वर्ण , ८ रजत कास्य ६ सहित वडा नम्बर ४ काे रामराज्य माध्यमिक बिद्यालय २४ अङ्क लिएर इस्मा गाउँपालिकामा सञ्चालन भएको रास्ट्रपति रनिङ शिल्डकाे उपाधि हासिल गरेको छ ।
कार्यक्रममा दोस्रो पालुखा माध्यमिक बिद्यालय भएको छ जसले स्वर्ण ६ ,रजत ६ र कास्य २ गरि १४ अङ्क लिएको छ । त्यस्तै तृतीय वडा नम्बर ३ मा रहेको ठाडुङ्गा माध्यमिक बिद्यालय बनेको छ । ठाडुङ्गाले ५ स्वर्ण ,२ रजत र १ कास्य गरि ८ अङ्क सहित तृतीय बनेको छ ।
प्रथम बनेको रामराज्य माध्यमिक बिद्यालयले २० हजार नगद मेडल र प्रमाणपत्र पाएकाे छ । त्यस्तै सेकेन्ड हुने पालुखा माध्यमिक बिद्यालयले १६ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे छ त्यस्तै तृतीय हुने ठाडुङ्गा माध्यमिक बिद्यालयले १२ हजार नगद मेडल र प्रमाणपत्र पाएकाे इस्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लाल बहादुर कुवरले बताएका छन् । उनले रास्ट्रपति रनिङ शिल्डमा ४ विधाका ३६ खेल सञ्चालन भएको र उक्त खेलमा ५ सय खेलाडीले भाग लिएको बताएका छन् ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वति कुवरले गाउँपालिका भित्र रहेका बिद्यालयमा रहेका बिद्यार्थीकाे क्षमता फरक फरक ढङ्गले मुल्यांकन गर्न सकिने र उनिहरुकाे प्रतिभाकाे उच्च मुल्यांकन गरिने ठाउँ रास्ट्रपति रनिङ शिल्ड पनि भएकाले बिजित र उपबिजेता सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद दिएकि छन् ।
त्यस्तै कार्यक्रमका सभाध्य तथा इस्मा गाउँपालिका अध्यक्ष भगत सिङ खण्डकाले याे कार्यक्रमलाइ सफल पार्न अनवरत खट्ने गाउँपालिकाका कर्मचारी र बिद्यार्थी उपस्थित बनाएर उनिहरुकाे प्रतिभाकाे पहिचान गराउन सहयोग गर्ने बिद्यालयहरुलाइ धन्यवाद दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद खडक बस्नेतले गाउँपालिकाले गरेकाे यी कामहरु उदाहरणीय भएको बताए उनले । जनप्रतिनिधि पनि युवा जाेस जागर सहितका भएका कारण इस्मा गापाले मुहार फेर्ने कुरामा बिस्वस्त भएको बताए
कार्यक्रम फाल्गुन ३,४ र ५ गते गरि तीन दिन सम्म सञ्चालन भएको हाे । गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थलमा रहेको आन्नदपुर माध्यमिक बिद्यालयमा ३ र ५ गते र ४ गते वडा नम्बर २ काे पालुखा माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन भएको हाे ।
४ विधाका ३६ खेलमा ५ सय खेलाडी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।