संस्कृति संरक्षण मञ्च बागलुङको २२ औ वार्षिकोत्सव शुक्रबार देखि शुरू

कौरव खत्री,बागलुङ ६ फागुन – संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ कांडेबास बागलुङको २२औं वार्षिकोत्सव शुक्रबार देखि शुरू भएको छ । हाम्रो संस्कृति हाम्रो गौरव भन्ने मुल नारासहित खेलको उद्घाटन जग्गादाता तारा बुढाथोकी र मञ्चका बरिस्ठ सल्लाहकार रेशम बुढाथोकीले खेल उद्वघाटन गर्नु भएको थियो।

१५ समुहको सहभागीता रहेको फुटबल खेलको पहिलो दिन अन्तर्गत आयोजक समुह र जनजागृति माध्यमिक विद्यालय बीच फुटबल खेल प्रतियोगिता भएको थियो ।खेलको आज दोश्रो दिन पनि फुटबल र भलिबल खेल सञ्चालन हुने संस्कृति संरक्षण मञ्चका अध्यक्ष पदम सलामीले जानकारी दिनु भयो ।

कार्यक्रम पर्सी अर्थात फागुन ९ गतेसम्म खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित सञ्चालन संस्कृति संरक्षण मञ्चका अध्यक्ष सलामीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय