ह्वाट्सएपले एकसाथ ल्यायो ४ गजवका फिचर ?

काठमाडौं । मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले एकसाथ चारवटा नयाँ फिचर्स लञ्च गरेको छ । ह्वाट्सएपमा तिनवटै फिचर्स एन्ड्रोइड प्रयोगकर्ताका लागि ल्याएको हो ।

यो सँगै अब प्रयोगकर्ताले एकैपटकमा १ सयवटा सम्म फाइलहरु पठाउन सक्नेछन् । अहिलेसम्म ह्वाट्सएपबाट अधिकतम ३० वटासम्म फाइल पठाउन सकिने व्यवस्था रहेको छ । एकसाथ १ सयवटासम्म फाइल पठाउन सकिने फिचरसँगै ह्वाट्सएपले एकसाथ ल्याएका अन्य तीन नयाँ फिचरमा मयअगmभलत अबउतष्यल, यिलनभच नचयगउ कगदवभअतक बलम मभकअचष्उतष्यलक, र बखबतबचक रहेका छन् । यदि तपाइँपनि ह्वाट्सएपमा यी नयाँ फिचर प्रयोग गर्न चाहनुहुन्छ भने आफ्नो स्मार्टफोनमा ह्वाट्सएप अपडेट गर्नुपर्दछ ।

यी फिचरहरु आइओएस प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छन् भन्ने बारेमा केही खुलाइएको छैन ।

नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले ह्वाट्सएपमा कुनै डकुमेन्ट शेयर गर्दा त्यसको क्याप्सन लेख्न सकिनेछ । यसअघि ह्वाट्सएपमा केवल फोटो र भिडियोका साथ मात्र क्याप्सन लेख्न सकिने विकल्प रहँदै आएको थियो । त्यस्तै यसअघि मिडिया फायलमा छोटोमात्रै क्याप्सन लेख्न सकिने व्यवस्था रहेकोमा अबदेखि लामो क्याप्सन पनि लेख्न सकिनेछ । क्याप्सनमा तपाइँले शेयर गर्न लागेको फाइलका बारेमा पूरा जानकारी दिन सक्नुहुन्छ ।

ह्वाट्सपले नयाँ अपडेटसँगै अवतार स्टीकर फिचर पनि पेश गरेको छ । यो सँगै प्रयोगकर्ताले अवतारलाई सम्पादन गर्नका लागि ३६ प्रकारका स्टीकर प्राप्त गर्नेछन् । यसका अलावा ह्वाट्सएपले एक अर्को नयाँ फिचरमाथि पनि काम गरिरहेको बताइएको छ ।

उक्त फिचर जारी भएसँगै प्रयोगकर्ताले ओरिजिनल क्वालिटीमै ह्वाट्सएपबाट फोटो पठाउन सक्नेछन् । अर्थात् ह्वाट्सएपबाट पठाइएका फोटोहरु प्रापकले डाउनलोड गर्दा त्यसको वास्तविक गुणस्तरमा ह्रास आउने छैन । हाल ह्वाट्सएपले फोटोहरु पठाउनु अगाडि फाइललाई कम्प्रेस गर्ने गर्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय