ज्ञानज्योति आधारभुत विद्यालयले सरोकारवालाको भेला गरि समिक्षा गर्दै सुझाव संकलन गर्यो

ज्ञानज्योति आधारभुत विद्यालय मुसिकोट ९ अर्लाङ्गकोट पाणथोकले विद्यालयमा सरोकारवालासंग वृहत भेला आयोजना गरि समिक्षासंगै सुझाव संकलन गरेको छ।

व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागि परेको विद्यालयले अहिलेसम्म भएको प्रगति, समिक्षा, योजना र सहयोगको अपेक्षासहित थप प्रचारप्रसारसङ्गै आम समुदायलाइ उपस्थितिको लागि आव्हान गर्न भन्दै सम्मेलन तथा भेला गरिएको आर्थिक समिति संयोजक विश्वनाथ सापकोटाले जानकारी दिनुभयो ।

आउदो फागुन ९ गतेदेखि १६ गतेसम्म सन्चालन हुन गैरहेको महोत्सवको पुर्व तयारी स्वरुप आन्तरिक व्यवस्थापकीय तयारीसङ्गै प्रचारप्रसार र भेटघाट तिब्र पारिएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले बताउनुभयो ।

प्रचारप्रसारकै क्रममा अहिलेसम्म गुल्मीका विभिन्न स्थानिय तह, जिल्ला सदरमुकामस्थित उच्च अहोदाका व्याक्तित्वहरुसङ्ग पनि महोत्सवको लागि सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि आग्रह गरिएको छ ।

त्यस्तै बाग्लुङ्ग जिल्लाका स्थानिय तह प्रमुख,उपप्रमुख, विभिन्न विद्यालय ,सङ्घसस्थाहरुसङ्ग पनि भेटघाट गरिएको महोत्सवका संयोजक समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादुलाल सापकोटाले बताउनुभयो ।

गुल्मी र बाग्लुङ्गसङ्गै बुटवल,चितवन,काठमाण्डौ लगायत विदेशका धेरै ठाउहरुमा पनि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचार तथा रकम सन्कलन गरिएको बुझिएको छ ।

 

विद्यालयमा हालसम्म एक करोड रकम सन्कलन भैसकेको र रकम सन्कलन हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै समाजसेवी हरिनारायण सापकोटाले स्थानिय स्तरमा ग्राणिण भेगमा सन्चालन भैरहेको यस विद्यालयले गर्न लागेको यो कार्यक्रम आफैमा चुनौतिपुर्ण रहेको र ऐतिहासिक रुपमा महोत्सव सफल हुने कुरामा आफु आसावादी रहेको बताउनुभयो।

सापकोटाले धर्म, सस्कृति र विद्याको सम्रक्षण गर्न पाउने जिम्मेवारी प्राप्त गर्ने व्याक्ति भाग्यमानी हुने भन्दै महोत्सव सफल पार्नको लागि जुट्ने सबैमा आभार व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोहि प्रसङ्गमा बोल्दै विदेशिएका आम स्थानिय युवाहरुलाइ लक्षित गर्दै विदेश पैसा कमाउनकै लागि जाने भएकोले नाम कमाउन र पुण्य कमाउनको लागि गाउमा फर्कन अनि लगानी गर्न उहाले अनुरोध गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै मुल समारोह समिति उपसम्योजक प्रेम सापकोटाले ज्ञानज्योति निमाबिको हिरक महोत्सव सफल पार्नको लागि आफु अष्ट्रेलियाबाट आफ्नो जन्मभूमीमा आएको र सहयोग गर्न उपस्थित हुन पाउदा भाग्यमानी महसुस भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष भुमा गुरुङ, सचिवालय सदस्य रामकृष्ण कण्डेल, ददल्का माविका प्रधानाध्यापक बुद्दिमणि खरेल, महेन्द्र आदर्श नमुना माविका सहायक प्रधानाध्यापक धनपति खरेल, रत्नलक्ष्मीका सहायक प्रधानाध्यापक नारायण पौडेल, लगायतले आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व मुल समारोह समितिका अध्यक्ष यादुलाल सापकोटाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सन्चालन विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले गर्नुभएको थियो ।

३ करोड रकम संकलन गर्ने लक्ष्य लिएको विद्यालयले महोत्सवको ९० प्रतिशत व्यवस्थापनको काम सकिएको जनाएको छ। गुणस्तर सुधार र स्तरोन्नति गर्ने लक्ष्यका साथ रजत महोत्सव गर्न लागेको विद्यालयलाई कार्यक्रममा उपस्थित सरोकारवालाले आफ्ना अनुभवहरुसहित सुझाव दिएका थिए। हाल विद्यालय कक्षा १ देखि कक्षा ८ सम्म संचालन भैरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय