गुल्मीदरबारमा ३३० रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैङकमा दर्ता

गुल्मीको गुल्मीदरबार गाउँपालिका भित्र रहेको ३३० रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैङकमा दर्ता भएको छ ।

कोरोना भाइरसका कारण बिदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

गाउँपालिका भित्र रहेको जग्गालाई बाँझो नराख्नका लागि यस्तो अभियान चालिएको पाण्डेले दाबी गरे । पालिका भित्र रहेका बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैङक कार्यबिधि २०७७ पारित गरेको र सोही अनुसार नै लगत संकलनको कार्य गरिएको गाउँपालिकाले जनाएको छ ।

प्राप्त जग्गाहरुलाई भूमि बैङकमा दर्ता गरिएको र जग्गा अनुसार कार्यपालिकाले निर्णय गरे बमोजिमको रकम जग्गा धनिले प्राप्त गर्न सक्ने पाण्डेले जानकारी दिए ।
यदि कसैले भूमि बैङकमा जग्गा दर्ता नगरी जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुबिधाहरु रोक्का गर्ने र प्रति रोपनी एक हजारका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ ।
गाउँपालिका भित्र ४५२ जना युवाहरु बिदेशबाट रोजगारी गुमाएर फर्किएका गाउँपालिकाले जनाएको छ ।

(खबरमार्केटबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय