होटल व्यवसायी मञ्च मुसिकोटले उधारो नतिर्नेलाई कारबाही थाल्यो

सागर भण्डारी , गुल्मी । होटल व्यवसायी मञ्च मुसिकोट शाखाले सुरु गरेको उधारो नियन्त्रण अभियान अन्तर्गत उधारो नतिर्ने उपभोक्तालाई कारबाही पक्रिया अगाडी बढाईने भएको छ ।

मञ्चको बुधबार सम्पन्न बैठकले होटल व्यवसायी मन्च मुसिकोट शाखाले उधारो नियन्त्रण तथा उठान उपर कारबाहीका लागि पेस भएका २० निवेदन माथि आवश्यक कारबाही अघि बढाएको मञ्चका सचिव विवेक काफ्लेले जानकारी दिनुभयो ।

यसअगाडी मञ्चले होटल व्यवसायीहरुलाई पसलमा रहेको उधारोको विवरण सहितको जानकारी र निवेदन पेश गर्न अनुरोध गरेको थियो ।

पहिलो चरणमा उधारो खाएर नतिर्ने सम्बन्धित व्यक्तिहरुलाई फोन सम्पर्क तथा लिखित रुपमा पत्राचार गरि छोटो समय प्रदान गरि अन्तिम अल्टिमेटम दिएको काफ्लेले बताउनुभयो ।

प्रदान गरिएको समयभित्रै भुक्तान नगरे आवश्यक कानुनी उपचार खोजि गर्ने र निर्मम रुपमा कारबाही गर्ने निणर्य गरिएको मञ्चका अध्यक्ष फुल प्रसाद सापकोटाले बताउनुभयो । साथै होटल व्यवसायी मञ्चले अब छिट्टै मुसिकोट नगरपालिकालाई उधारो निषेधित क्षेत्र घोषणा गर्ने तैयारी थालेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय