मुसिकोटमा पाचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा नगरस्तरीय पाचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । ग्वादिकाचौर खेल मैदानमा सुरु भएको प्रतियोगीताको बुधवार पूर्वमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का साम्सद गोकणर्राज विष्टले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताउनुभयो । उहाँले संघिय संरचना अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर गरिएको प्रतियोगिताले मुसिकोटको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउदै खेलक्षेत्रको पुर्वाधार विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गने्र प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै उहाँले ग्वाचिकाचौर खेल मैदानलाई जिल्ला स्तरीय खेल मैदानको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मुसिकोट नगरपालिका भित्रका सस्थागत र सामुदायिक गरी १९ विद्यालय सहभागी भएका छन् भने १७ विद्यालयले प्रतिष्प्रधामा भाग लिनेछन् । कार्यक्रमको पहिलो दिन उद्घाटनसगैं मार्च पास, भलिबल, २ सय मिटर दौड लगायतका कार्यक्रम समेत सुरु भएका छन् ।

कार्यक्रममा मुसिकोट नगर प्रमुख जीवन खरेलले खेलकुदले विद्यालय-विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा पनि मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय प्रतियोगीता समेत विजयी भएको स्मरण गर्दै उहाँले खेलक्षत्र र खेलाडीहरुको प्रोत्साहन गर्ने गरी मुसिकोट नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरेको बताउनुभयो । विद्यालयमा खेल शिक्षक राखेर खेलाडी उत्पादन गर्नेगरी नगरले तैयारी थालेको उहाँको भनाई थियो । खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूणर् हुने उहाँले बताउनुभयो ।

प्रतियोगीतामा जिल्ला समन्वय प्रमुख दोणर् बहादुर खत्री, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरी प्रसाद महाकिम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा मुसिकोट नगर उपप्रमुख गगां श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटा, पूर्व उपमेयर कमला शर्मा, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य सावित्रा भण्डारी लगायत विभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रअ तथा शिक्षक, विद्यार्थी लागयतको उपस्थिति रहेको थियो ।

मुसिकोट नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो दिन भोलि ३०० मिटर दौड छात्रछात्रा,८०० मिटर दौड छात्रछात्रा,४०० मिटर दौड छात्रछात्रा, भलिबल छात्रछात्रा, हाइजम्प छात्रछात्रा, सटपुट छात्रछात्रा, कबड्डी छात्रछात्रा, लङ्ग जम्प छात्रछात्रा,ज् याभलिङ्ग थ्रो,त्रिपाल जम्प छात्रछात्रा,रिले दौड छात्रछात्रा लगायतका कार्यक्रम संचालन हुने छन् । – जिटिभि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय