भगवती आधारभूत विद्यालयकाे वाषिर्कोत्सव सम्पन्न ।

काैरव खत्री – गुल्मी २ फागुन । गुल्मी मुसिकाेट नगरपालिका-१ बाङ्गे स्थित भगवती आधारभूत विद्यालयकाे ४० औ बाषिर्कोत्सव सम्पन्न गरिएकाे छ ।

भगवती आधारभूत विद्यालयकाे ४० औ बाषिर्कोत्सव समारोहलाई सम्वाेधन गर्दै प्रमुख अतिथि मुसिकाेट नगरपालिका वडा न.१ का वडाअध्यक्ष माेहन घिमिरेले भगवती आधारभूत विद्यालय यस क्षेत्रकै गहनाकाे रूपमा रहेकाले भावी दिनमा पनि यसैगरी विद्यालय स्थापित हाेस भन्दै शुभकामना दिनुभयो ।

साथै साेही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, महासंघ काेषाध्यक्ष काैरव खत्री,सामुदायिक रेडियो छत्रभुमीका स्टेशन म्यानेजर माधव खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियो ।

साेही अवसरमा वडा सदस्य दान बहादुर केसी,वडा सदस्य कुसुम परियार,सामुदायिक रेडियो छत्रभुमीका सहायक स्टेशन म्यानेजर सुरज कार्की, विद्यालयका प्रधानाध्यापक श्यामन्त

नेपाली,चन्दादाता,समाजसेवी,विद्यार्थी ,शिक्षक,अभिभावक लगायतकाे उपस्थिति रहेकाे थियोे । साथै बाषिर्कोत्सवकाे अवसरमा हात,खुट्टा र कम्मरमा गहिरो चाेटका कारण पिडित बनेकी विद्यालयकाे कक्षा ५ मा अध्ययनरत छात्रा संगीता नेपाली उपचारकाे लागि सामुदायिक रेडियो छत्रभुमीकाे पहलमा नगद रू.३६ हजार,५ सय रूपैयाँ ,नेपाल पत्रकार महासंघ गुल्मीका काेषाध्यक्ष काैरव खत्रीकाे पहलमा नगद रू.८ हजार, १ सय रूपैयाँ संकलन गरिएकाे कुल जम्मा रू.४४ हजार,६ सय रूपैया नगद सहयोग विरामीका आमा गाेमा नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

साथै बाषिर्कोत्सवकाे अवसरमा विद्यालयमा विद्यार्थीहरूकाे हाजिरी जवाफ प्रतियोगिता ,घैटाेफाेर,बेलुनफाेर,भलिबल सास्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गरिएकाे भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

बाषिर्कोत्सव कार्यक्रम भगवती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत नेपालीकाे अध्यक्षता तथा विद्यालयका शिक्षक गुञ्जन गुरूङकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने विद्यालयका शिक्षक कृष्णबहादुर हमालले गर्नु भएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय