यो मुलुकको समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो ।

अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताउनुभयो । उहाँले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताउनुभयो ।

ओलीले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय