सडकमै बस तेर्साएर यातायात मजदुर आन्दोलनमा

काठमाडौं। यातायात मजदुर आन्दोलीत बनेका छन्। ट्राफिक नियमविरुद्ध आन्दोलीत बनेका मजदुरहरुले आज काठमाडौं बालाजु क्षेत्रमा सडक नै अवरुद्ध गरेर आन्दोलन गरेका छन्। आज केहीबेर अघिदेखि सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा आन्दोलन गरिरहेका छन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ। प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ।

ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै मजदुरहरुले गरेको सडक अवरुद्ध अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुहोस् – काठमाडौं । राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ ।

आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौं महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय