अभिभावक बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री बितरण

गुल्मीको रेसुङ्गा नगरपालिकाकाले बावुआमा बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री बितरण गरेको छ । शुक्रबार नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा रहेका २८ जना बालबालिकालाई सामग्री बितरण गरिएको हो ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको कार्यक्रम अनुसार नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयका बावुआमा बिहिन बालबालिकालाई विद्यालय पोशाक, झोला र जुत्ता बितरण गरेको त्यस शाखाकी कल्पना पाण्डेले बताउनुभयो ।

बालबालिकालाई सामग्री बितरण गर्दै नगरप्रमुख खिलध्वज पन्थीले बावुआमा बिहिन बालबालिकाको अभिभावक नगरपालिका भएको बताउनुभएको छ । साना बालबालिकालाई एक्लो महशुस गर्न नदिने भन्दै नगरपालिकाका प्रमुख पन्थीले निःशुल्क शिक्षाको अधिकारको लागि बालबालिकासँग आफुहरु जोडिएको बताए । आगामी दिनमा पनि आफुहरुले शिक्षा क्षेत्रमा यस्तै प्रभावकारी कार्यक्रम गर्ने नगरपालिकाका प्रमुख पन्थीले बताए ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष लिलाधर आचार्याले स्थानीय सरकारको कर्तव्य अनुसार बावुआमा बिहिन बालबालिकलाई सामग्री बितरण गरेको बताए । उनले स्थानीय सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी रुपले काम गरिरहेको बताएका छन् ।

वडावडाबाट विद्यालयका शिक्षकहरुले बालबालिकालाई नगरपालिकामा ल्याएका थिए । – प्रतिक खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय