चिरन्जिवि थापाको नेतृत्वमा नेपाल शिक्षक सङ्घ मुसिकोटको नगर समिति सर्वसम्मत चयन

नेपाल शिक्षक सङ्घ मुसिकोटको दोश्रो नगर अधिवेशन मार्फत नया कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

गत पुस २३ गते उद्घाटन भएको अधिवेसनले आज सर्वसम्मत नेतृत्व चयन गरेको निर्वाचन अधिकृत लिलाधर घिमिरेले जानकारी दिनुभयो । जसको अध्यक्षमा नेपाल राष्ट्रीय सर्वोदय माध्यमिक विद्यालका प्रधानाध्यापक समेत रहनुभएका चिरन्जिवि थापा, उपाध्यक्षमा चिन्तामणि चालिसे, महिला उपाध्यक्ष निर्मला केसी, सचिव सुनिल भण्डारी, सह सचिव गुनाखर रिजाल, लक्ष्मी पुन, अर्थ सचिव नमराज पाण्डे, अर्थ सहसचिव निर्मला श्रेष्ठ, सुशिला पोख्रेल, लगायत रहनुभएको नवनिर्वाचित अध्यक्ष चिरन्जिवि थापाले बताउनुभयो ।

समितिमा निर्वाचित हुन बाकि एक अर्थ सह सचिव लगायत ६ जना सदस्य छिट्टै टुङ्गाउने र वडा अधिवेशन मार्फत निर्वाचित हुने अध्यक्षहरु पदेन सदस्य रहनेगरि नगर कार्य समिति पुरा हुने थापाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सदस्य लिलाधर आचार्यले पार्टी र शिक्षक एकार्काका परिपुरक भएकोले लोकतान्त्रिक आन्दोलनमा शिक्षक सधै अग्रमोर्चामा भएको स्मरण गर्दै शिक्षकले जस्तो समाजको परिकल्पना गर्यो त्यस्तै समुदायको निर्माण हुने भन्दै आफुले आम शिक्षकहरुप्रति उच्च सम्मान गर्ने बताउनुभयो ।

सोहि क्रममा बोल्दै नेपाली काङ्ग्रेस मुसिकोटका सभापति मोहन घिमिरेले शैक्षिक क्षेत्रलाइ थप चलायमान गराउन र आफ्ना हकहित सङ्गै जिम्मेवारीका साथ शिक्षाको दीयो चम्काउनको लागि प्रतिवद्द रहन आग्रहसमेत गर्नुभएको थियो ।

नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले शिक्षकका विभिन्न सङ्घ सङ्गठन आफ्ना हकहित मात्र नभएर कर्तव्यपालनामा कटिवद्द हुदै शिक्षाको गुणस्तर वृद्दिमा सबै एक ठाउमा रहेको उद्घोस उहाले गर्नुभयो ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष डिल्लिराज खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव भीमसेन केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर