चार कम्युनिस्ट पार्टी एकताको प्रयास !

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेको ती पार्टीहरूका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम सङ्कट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । विप्लव नेतृत्वको नेकपा,ऋषि कट्टेल

नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो । – रातोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय