सुदुरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, को–को बन्दैछन् मन्त्री?

धनगढी– सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले शुक्रबार सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसका एक जना प्रदेश सभा सदस्यकाअनुसार कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादी बाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको छ ।
स्रोतका अनुसार कांग्रेसका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय