प्रचण्ड भेट्न गगन बालुवाटारमा, किन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न थापा बालुवाटार पुगेका थिए ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि एमाले शंका व्यक्त गरिरहेको छ । पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रचण्डले अनिच्छा देखाउन थालेपछि गठबन्धन के हुने अन्यौल छ ।

त्यसो त बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम महामन्त्री थापाले एमालेबाट अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका थिए ।

केही दिनअघि मात्र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले भनेको राष्ट्रिय सहमति आफूहरूका लागि भएको बताएका थिए ।

गठबन्धनमा विवाद चर्किरहेको बेलामा कांग्रेस महामन्त्री थापा बालुवाटार पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय