ज्ञानज्योति आधारभूत विद्यालयको रजत महोत्सवको प्रचारप्रसार तथा भेटघाट तिब्र

गुल्मी – ज्ञानज्योति आधारभूत विद्यालय मुसिकोट ९ अर्लाङ्गकोट पाणथोक गुल्मीले रजत महोत्सवको प्रचारप्रसार तिब्र बनाएको छ। आउदो फागुन ९ गतेदेखि १६ गतेसम्म संचालन हुन लागिरहेको रजत महोत्सव तथा श्रीमद्भावगत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको लागि पुर्व तयारीस्वरूप विद्यालयले प्रचारप्रसारलाई तिब्र बनाएको सचिवालय सदस्य रामकृष्ण कंडेलले जानकारी दिनुभयो।

गाउसमाजमा हुने कार्यक्रमहरुको सफलताको लागि प्रचारप्रसार अभिन्न अंग भएको विद्यालयको ठहर छ। सोहि अनुरुप वर्तमान डिजिटल तथा परम्परागत सामग्री प्रयोग गरेर देश तथा विदेशमा रहनुहुने स्थानीय,शिक्षाप्रेमी,बुद्दिजिवि ,ब्यापारी,व्यवसायी,सामाजिक तथा राजनीतिक दलका शिर्ष व्याक्तित्वसमक्ष विद्यालयको यथार्थ स्थिति अवगत गराई महोत्सवको सफलताको लागि सहयोगको अपेक्षा गरिएको कंडेलले बताउनुभयो।

कार्यक्रमको सफलताको लागि विद्यालयले गुल्मीको सदरमुकाम तम्घासमा प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय,राजनीतिक दलका शिर्ष व्याक्तित्व व्यवसायी,समाजसेवीसंग भेटघाट तथा छलफल गरिएको बताइएको छ। सोहि शिलशिलामा गुल्मी र बाग्लुङ्गका विभिन्न स्थान,बुटवल, चितवन लगायतका ठाउमा भेटघाट तथा छलफल सम्पन्न भएको र काठमाण्डूको लागि तत्काल भेटघाट कार्यक्रम गरिने सचिवालयले जनाएको छ।

शैक्षिक गुणस्तर सुधार र स्तरबृध्दि गर्ने लक्ष्यका साथ संचालन गर्न लागिएको महोत्सवमा अहिलेसम्म ५० लाखभन्दा बढी रकम संकलन भएको विद्यालयले जनाएको छ । प्रचारप्रसार तथा भेटघाटको क्रममा सबैले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यथासक्य सहयोगको प्रतिवद्दता गरेकोले महोत्सव ऐतिहासिक र नमुना बन्ने ठोकुवा सदस्य कंडेलले गर्नुभयो।

कार्यक्रम उच्च धार्मिक तथा सन्त महात्माहरुको उपस्थितिमा हुने भएकोले पनि दानदाता तथा पुन्यात्माहरुको बढी उपस्थिति हुने अनुमान गरिएको छ। २०५४ सालमा स्थापना भएको विद्यालय हाल कक्षा १ देखि कक्षा ८ सम्म संचालन भैरहेको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय