निर्मला पन्त ह,त्या प्रकरण : पछिल्लो ३ जनाको डीएनए रिपोर्ट पनि नेगेटिभ

काठमाडौं। निर्मला पन्तको ह,त्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मलाको ह*त्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो।

सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको र २ जनाको परिक्षण हुन बाँकी छ। डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो।

ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो। प्रहरीले २०७९ पुस २० मा भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो ।

कञ्चनपुरकी १३ बर्सिया निर्मला पन्तको १० साउन २०७५ मा बला,त्कारपछि ह*त्या भएको थियो। निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ। तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय