तातो पानि र पाउरोटी खानु परेको छ, सहयोग रकम हात नपरे पछि सचिन मिडियामा..

बुढिलाई सचिन दिन्न भन्दै तेजेन्द्र गर्जिएका छन् । यतिबेला सचिनलाई कसले राख्ने भन्ने बिषयमा तेजेन्द्रको परिवार बीच मनमुटाब भएको छ । काठमाडौँको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । उनको टाउकामा पनि समस्या देखिएको थियो । साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो । उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका थिए । उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे ।

शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका जस्तै देखिन्छन् तर, बोलीचालीमा भने चतुर छन् । उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ । स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए ।

भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ । अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो। सचिन परीयार अप्रेसनपछी यतिधेरै निको भय, चम्किलो मुहारबाट के छ हजुर भन्दे खुसी भए । – TIMES 24 NEWS

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय