फेन्सी कपडा व्यवसायी समिति गुल्मीको प्रथम अधिवेशन सम्पन्न,१२ वटै स्थानिय तहमा समिति गठन हुदै

गुल्मी-फेन्सी कपडा व्यवसायी समिति गुल्मीको प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार गुल्मी तम्घास स्थित बालमन्दिरमा भएको प्रथम जिल्ला अधिवेशनले अर्जुन कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।

जसको उपाध्यक्षमा उमा भट्टराइ, सचिवमा महम्मद सागिर मिया, सह सचिव हरि पाण्डे,कोषाध्यक्ष रामकृष्ण पौडेल लगायत गरि ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनबाट १२ वटा स्थानिय तहमा कार्यसमिति निर्माणका लागि संयोजक समेत तोकिएको र अब छिट्टै पालिका अधिवेशन गर्ने तयारी रहेको नवनिर्वाचित अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।

अधिवेशनको बन्द सत्रमा भेलाबाट विधान संशोधन,समस्यामा परेका व्यवसायको जागरण ल्याउनको लागि निर्वाचित समितिसंगै आवद्द सबै कटिवद्द हुनुपर्ने,घुम्ती तथा पोके व्यापारीहरुलाई निषेध गर्नुपर्ने लगायतका आवाज उठेको र सोहि अनुसार काम अगाडी बढ्ने समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन पछि बोल्दै निजी क्षेत्र चलायमान र बलियो हुन सकेन भने राज्य बलियो हुन नसक्ने भएकोले फेन्सी कपडा व्यवसायी सफल हुनु राज्य सफल हुनुको एउटा आधार हुने धारणा व्यक्त गर्नुभयो ।उपभोक्ता हित र आफ्नो हक अधिकारको लागि कटिवद्द भै गुल्मीका फेन्सी कपडा व्यवसायी पुर्ण प्रतिस्प्रधात्मक छन् भन्ने अन्य जिल्लामा प्रभाव छरियोस भन्दै शुभकामना उहाले दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघ सस्थाहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए। समितिले केहि समय जिल्लामा फेन्सी तथा कपडा व्यवसायीहरुलाई सदस्यता वितरण गर्ने र स्थानिय तहको अधिवेशनमार्फत कार्यसम्पादन अगाडी बढाउने निर्णय गरेको छ।

तदर्थ समितिका कोषाध्यक्ष रामकृष्ण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमममा अर्जुन कार्कीको अध्यक्ष्यता तथा महम्मद सागिर मियाको संचालन रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय