राष्ट्रपतिको चुनावपछि अहिलेको सत्ता गठबन्धन सकिने माधव नेपालको ठोकुवा

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दावी गर्नुभएको छ।

आजदेखी सुरु भएको पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने ठोकुवा गर्नुभएको हो ।

अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको भन्दै अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने बताउनुभयो।उहाँले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताउनुभयो।

त्यस्तै उहाँले संविधानको उलंघन गर्नेहरू सरकारमा जानु संकटको संकेत दिएको जिकिर गर्दै संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू,

संविधान, कानून र नियमको पालना नगर्नेहरू नै सरकारमा रहेको बताउनुभयो ।यसकारणले अहिलेको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय