श्रीमती जिस्काएकाे निहुमा गुल्मीमा भारतीय नागरिककाे हत्या 

अनिष पन्थी,गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा माघ १२ गते भारतिय नागरिक ४४ बर्षिय सेख आलिकाे हत्याको अभियाेगमा सत्यवति गाउँपालिकाका वडा नम्बर १ मा हाेटल गरि बस्ने श्रीमान् श्रीमतीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

शव १९ गते कालिगण्डकि नदिकाे किनारमा फेला परेको थियो । शवलाइ नदी किनारबाट निकाली हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेको र अनुसन्धान गर्दै जादा सत्यवती गा.पा. वडा नं. १ रुद्रबेणी स्थित रुद्रवेणी देखी रिमुवा तर्फ जाने झोलुङ्गे पुलको छेकबार जालीमा रगत जस्तो रातो पदार्थ लागेको देखिए पछि थप सङकास्पद बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन रानाभाटले बताए ।
घटना श्रीमतीलाई जिस्काउँदा श्रीमानले भारतिय नागरिकलाई रिसकाे झाेकमा हत्या गरेको खुलेकाे छ । हत्या पश्चात् श्रीमान श्रीमतीले खुट्टा र हातमा छाेपि पुलबाट खाेलामा फालेको अभियनेक्ताकाे बयानमा खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय