गङ्गादेवी ह”त्या प्रकरण, १ हप्ता पुग्न लाग्दा भेटिएनन् अभियुक्त : प्रहरी अनुसन्धानमा प्रगति नजिक ?

प्रेम सुनार, गुल्मी : गुल्मीमा एक महिलाको ह ‘त्या भएको झण्डै एक साता हुनै लाग्दा पनि यहाँको प्रहरीले ह ‘त्यारा पत्ता लगाउन सकेको छैन । गत आइतबार बिहान जिल्लाको मुसिकोट नगरपालिका –७ वामिटक्सार बजार नजिकै न्वारास्थित होटलमा ५७ वर्षीया अविवाहित महिला गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी थिइन ।

होटलभित्र चेन गेट लगाको अवस्थामा भुइ समेत र क्ताम्य हुने गरी उनको श’व फेला परेको थियो । दुवै हात पछाडि लगाएर बाँ धेर शव घोप्टो पारिएको थियो । खुट्टा पनि सेलो टेपले नै बाँधिएको थियो । त्यो दृश्यले कसैले सुनियोजित रुपमा उनको ह ‘त्या नै गरेको हो भनेर ठोकुवा भए पनि प्रहरीले अभियुक्तको सुराक समेत पाउन सकेको छैन ।

घटना स्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन रानाभाट ह ‘त्याको आशंका मात्रै गर्न सकिने बताएका थिए । अहिले आएर बल्ल प्रहरीले ती महिलाको ह ‘त्या नै भएको पुष्टि गरेको छ । घटनास्थलको दृश्य वर्णन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलले महिलाको ह ‘त्या भएको तर ह ‘त्यारा पत्ता लगाउन अनुसन्धान तीब्र पारिएको बताए ।

अहिलेसम्म करिव ५० जनालाई सोधपुछ गरी सकेको बताउँदै अनुसन्धानमा प्रगति नजिक पुगिनसकेको डीएसपी खरेलको भनाइ छ ।
शेरचन बिगत ३० वर्षअघिदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन् । उनको बुटवल, स्थानीयदेखि पर्यटकीय क्षेत्र ढोरपाटनसम्म धुप्रै घडेरी र खेतबारी जोडेकी र प्रसस्तै सुन, नगद सहित सम्पत्तीवाला महिला भएको बताइन्छ । एउटा यौ ‘निक र अर्को आर्थिक कारण ह ‘त्याको कारण हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले भने ह ‘त्याको कारण आर्थिक नै हुन सक्ने डीएसपी खरेलको भनाइछ ।

त्यस दिन दिउँसो ११ देखि १२ बजेको बीचमा एक जना ठेकेदार भनिने मान्छेसहित तीन जना मानिस आएका थिए । ठेकेदार भनिने मान्छेले मात्रै नास्ता गरेर हिंडेको । फेरि करिब ३ बजेको समयमा तिनै मान्छे आएर होटलभित्र पसेको । साँझसम्म उनीहरु त्यहाँ रहेको मृतक शेरचनले घरै अगाडि कि महिला जैकला कुमाललाई उक्त कुरा सुनाएकी थिइन ।

मृतक महिलाका सहोदर दाजु सुनिल शेरचनले बहिनीको हत्या सुनियोजित रुपमा र ह ‘त्यारा धेरै टाढाको हुन नस्क्ने बताउँदै प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको गुनासो गरे । घटना स्थलमा प्रहरीको तालिम प्राप्त कुकुर ल्याइएको थियो । घटना स्थल सुघेर बाहिर निस्केको कुकुर अपराधी भागेको बाटो पछ्याउँदै हिंडेको थियो ।

त्यो देखेर प्रहरीले अप राधी छिट्टै पत्ता लगाउने कुरामा स्थानीयवासी आशावादी थिए । तर अहिलेसम्म पत्ता लगाउन नसक्दा आफन्तजन निरास भएका छन् र सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । त्यसमाथि अहिलेसम्म ह त्यारा पत्ता लगाउन प्रहरीले नसक्दा स्थानीय थप चिन्तित र असुरक्षित बनेका छन् । यस घटनामा संलग्नहरुलाई यथासिघ्र पत्ता लगाउन स्थानियले माग गरेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय