आर्थिक अभाब भएपछि ओछ्यानमै थलिएकी सङगितालाई सहयोग उठ्न थाल्यो

गुल्मी – मुसिकोट नगरपालिका वडानम्बर १ मुरल्पानी गुल्मीकि १२ वर्षीय सङगिता नेपाली घाँस काट्दा भिरबाट लडेर हातखुट्टा र कम्मरमा गम्भीर चोट लागेकोले उपचारको लागि आर्थिक समस्या भएको परिवारले जनाएको छ।

स्थानीय रुपमा उपचार गर्दा सन्चो नभएपछि आर्थिक अभाबले जिल्लाबाहिर लगेर उपचार गर्न समस्या भएको हो। घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्नका लागि निकै समस्या भएको उनकि आमा गोमा नेपालीले जानकारी दिनुभयो।

केहीदिन अगाडि घाँस काट्ने क्रममा भिरबाट लडेर उनको हातखुट्टा र कम्मरमा ठूलो समस्या परेको छ। घरेलु उपचार र स्थानिय रुपमा उपचार गर्दापनि सन्चो नभएपछि अन्यत्र लगेर उपचार गर्नका लागि आर्थिक समस्या भएको उनको बुवा राजु नेपालीले गुनासो गर्नुभयो।

आर्थिक अभाबकै कारण केहि समय बिरामी छोरीलाई अस्पतालमा भर्ना नगरेर घरमै राखेको उहाले बताउनुभयो ।आर्थिक सहयोग प्राप्त भएपछि छोरिको उपचार गर्ने प्रतीक्षामा रहेको उहाँले अपेक्षा गर्नुभयो ।

वडा र स्थानिय सरकारबाट कुनैपनि साथ सहयोग नभएको गुनासो ब्यक्त नेपालीले गर्नुभयो। आफूलाई आर्थिक सहयोग गरेर छोरिको उपचारमा सहयोग गरिदिनुहुन उहाँले आग्रह गर्नुभयो ।

बिरामी नेपालीलाई सहयोग गर्न चाहनुहुने ब्यक्तिले सामुदायिक रेडियो छत्रभुमिको कार्यलयमा सम्पर्क गर्न सक्नुहुनेछ र पत्रकार सुरज कार्कीको मोबाईल नम्बर ९८६३१८९३५६ मा सम्पर्क गर्न सकिने परिवारले जानकारी दिएको छ।

अहिले बिरामी सङगितालाई बिस्तारै सहयोग रकम उठ्न लागेको र सहयोग गर्ने सबैलाई परिवारले आभार व्यक्त गरेको छ। बोलरकम र नगदसहित झन्डै २० हजार संकलनको नजिक रहेको संचारकर्मी सुरज कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय