सांसद अरुण चौधरी जेल चलानः यस्तो हुनेछ सजाय

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सांसद अरुण चौधरी जेल चलान भएका छन्।हिजो बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले आज बिहानै जिल्ला अदालत कैलालीमा बुझाएको थियो।

अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागरा चलान भएका हुन्।करिब १२ वर्षअघि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

सोही आदेशअनुसार उनी अहिले जेल चलान भएका हुन्।बाँकेको बैजनाथ गाउँपालिका १ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्।

यो पनि पढ्नुहोस् – काठमाडौं। निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रारम्भिक खर्च विवरण जानकारि गराएको छ। जसअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको आयोगले जनाएको छ।

आज आयोजित एक कार्यक्रममा निर्वाचन आयोगले प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको बताएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताउनुभयो ।

निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताउनुभयो ।

हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय