नेकपा एसका नेता घनश्याम भूसाल चडेको गाडी दुर्घटना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासि बेहोस हुनुभएको छ ।

काठमाडौंको वानेश्वरमा आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा नेता भुसाल बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं। निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रारम्भिक खर्च विवरण जानकारि गराएको छ। जसअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको आयोगले जनाएको छ।

आज आयोजित एक कार्यक्रममा निर्वाचन आयोगले प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको बताएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताउनुभयो ।

निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताउनुभयो ।

हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय