काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ ।
दिउँसो ३ बजे बस्ने बैठकमा दलका नेताहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल हुने महासचिव देव गुरुङले बताउनुभयो ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी योजनाका बारेमा मन्तव्य दिनुभएको थियो ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज त्यस बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
यो पनि पढ्नुहोस् – काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु लागेको छ।
दिउँसोː प्रदेश एक र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यो क्रम राति पनि जारी रहनेछ ।
तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।