भानु माविमा डेढ करोड बढीको चन्दा सहयोग

कौरव खत्री,गुल्मी २० माघ- बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ ।

बडिगाड गाँउपालिका ५ग्वालिचौर टारी,स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा हालसम्म विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई करिव १ करोड, ५० लाख भन्दा बढीको चन्दा संकलन भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।

विद्यालय स्थापना भएको ६०औं बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित यहि माघ २२–२८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्यका साथ हिरक महोत्सव गर्ने लागिएको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

साथै हिरक महोत्सवको अवसरमा विद्यालयका संस्थापक,शैक्षिक, आर्थिक,भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक,शिक्षक, कर्मचारी,पूर्व विद्यालय व्यवस्थापान समिति,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक,खेलकुद तथा साँस्कृतिक कार्यक्रम,हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

२०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय