शिक्षाप्रेमी सापकोटा परिवारद्वारा ज्ञान ज्योतिलाई १२ लाख बढीको चन्दा सहयोग

कौरव खत्री,गुल्मी १८माघ
गुल्मी मुसिकोटको ज्ञानज्योति आधारभूत विद्यालयको लागि आर्थिक सहयोग जुट्दै गएको छ ।

मुसिकोट नगरपालिका ९ अर्लाङकोट,पाँणथोक स्थित रहेको ज्ञानज्योति आधारभूत विद्यालयको रजत महोत्सव एवम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको अवसरमा मुसिकोट नगरपालिका ९ अर्लाङकोट,गुल्मी निवासी समाजसेवी ज्ञान कुमारी सापकोटा,पुर्ण प्रसाद सापकोटा रगौरी सापकोटा ,प्रेम सापकोटार गङा सापकोटा,मित्रलाल सापकोटा रलक्ष्मी सापकोटा एवम् परिवारजनको तर्फ विद्यालयका प्रमुख संस्थापक स्वर्गीय बुबा शेषाकान्त सापकोटा र स्वर्गीय आमा दमयन्ती सापकोटा र स्वर्गीय दुर्गा सापकोटाको स्मृतिमा ज्ञानज्योति आधारभूत विद्यालयको लागि नगद र धान सहित १२लाख,११ हजार,१ सय,५१ रुपैया चन्दा सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधार र स्तर वृद्धि गर्ने लक्ष्यका साथ आउँदो फागुन ९ देखि १६ गतेसम्म रजत जयन्ती एवंम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।

महायज्ञ लगाएर विद्यालयले करिव ३ करोड आर्थिक चन्दा संकलन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।
२०५४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–८ सम्मका कक्षा सञ्चालन हुदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय