के रहाला प्रदेश १ को नाम ?

काठमाडौं। प्रदेश १ को नाम राख्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो व्यक्त गर्नुभएको छ।देशका अन्य सबै प्रदेशले नामाकरण टुङ्गाएको लामो समय भैसक्दा पनी प्रदेश १ ले नामाकरण गर्न सकेको छैन ।

यसै सन्दर्भ छलफल गर्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो। भेटमा सरकारको काम र विकास निर्माणबारे र प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिनुभएको छ । ६ वटा प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ ले नाम राख्न नसकेपछी तिब्र आलोचना समेत हुदै आएको छ ।

यो पनि पढ्नुहोस् – बाठमाडौं ।मध्यपहाडी लोकमार्गको बाग्लुङ–पोखरा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ। बाग्लुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो।

मध्यपहाडी राजमार्ग आयोजनाले बाग्लुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ।

आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।

पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो। सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो।

चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए। उनकाअनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रायोग गर्न भनिएको छ।

बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौंलगायत देशका ठूला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन्। यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय